चिचिलामा दारी लामाको शालिक राखिने, गरियो शिलान्यास



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका १ मा जन्मिनुभएका सताब्दि पुरुष बोन पोलम धर्म गुरु मानबीर पैँजो गुरुङ (दारि लामा)को शालिक बनाईने भएको छ । चिचिला गाउँपालिका १ को बर्खे पोखरी गाउँ हुँदै चिचिला बजार स्थीत उत्तर दक्षिण कोशी सडक जोडिने चोकमा शालिक बनाईने भएको छ ।

उक्त चोकको नाम दारी लामा चोक यस अघि नै नामाकरण गरिसकिएको थियो । उक्त चोकमा शालिक निर्माणका लागि शिलान्यास गरि निर्माण कार्य समेत सुरु गरिएको छ । शालिक निर्माण कार्यको सनिबार शिलान्यास गरि निर्माण कार्य सुरु गरिएको हो ।

चिचिला गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु, चिचिला गाउँपालिका स्थीत क्रियाशिल राजनितिक दलका स्थानीय प्रमुखहरु, स्थानीय नागरिकहरु लगायतको उपस्थितिमा शालिकको शिलान्यास गरिएको हो ।
शालिक राख्ने बेस तथा स्तम्भ निर्माण गर्न डिजाईन स्टिमेट तयारीमा चिचिला गाउँपालिकाले प्राविधिक सहयोग गरेको छ भने शालिक राख्ने पुर्वाधार निर्माणमा पनि गाउँपालिकाको लागत सहभागिता रहने पालिकाले यस अघि नै निर्णय गरिसकेको छ ।

त्यस बाहेक शालिक निर्माण लगायत अन्य ब्यवस्थापनका लागि पारिवारिक श्रोतबाट खर्च गरिने स्वर्गीय दारी लामाको छोरा बीर सिंह गुरुङले जानकारी दिनुभयो । स्वर्गीय लामाको शालिक कालिगड बोलाएर चिचिलामै पाईने ढुङ्गाबाट निर्माण गरिएको छ । महिना दिन भित्र नै शालिक राख्ने पुर्वाधार तयार गरि अनावरण गरिने छोरा बीर सिंह गुरुङले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिका १ स्थीत पोखरी गाउँमा वि. सं. १९७५ साल असार १५ गते जन्मिनुभएका धर्म गुरु दारी लामाले २०८१ फागुन ३ गते आफ्नै निवासबाट स्वर्गारोहण गर्नुभएको थियो । १०६ बर्ष बाँच्नुभएका लामा प्रख्यात धर्म गुरुको रुपमा परिचित हुनुहुन्थ्यो ।

 

सम्बन्धित समाचार