खाँदबारी । भोजपुरको रामप्रसाद राई गाउँपालिका २ धोद्लेखानीमा ज्वाइँले ससुरालीका चार जनाको हत्या गरेका छन् । ससुरा ६८ वर्षीय बेल बहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार एकै घरभित्र चार जनाको हत्या भएको हो । ज्वाइँ राजेन्द्र राई पनि घाइते अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा रहेका राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।
‘उनको पनि पेटमा गहिरो चोट लागेको छ’, उनले संगालोखबरसँग भने, ‘थप उपचारका लागि अन्यत्र लग्ने तयारी भइरहेको छ ।’ अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया