मनाङ मर्स्याङ्दी शाहिन आस्मयीसँग ३-१ ले पराजित, अमिरुद्धिनको ह्याट्रिक



काठमाडौं, फागुन ११ – बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब अफगानिस्तानको शाहिन आस्मयीसँग ३(१ गोल अन्तरले पराजित भएको छ ।

चटगाउँको मोहम्मद अजिज रंगशालामा आस्मयीका अमिरुद्धिनले खेलको ३७ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । खेलको ६५ औँ मिनेटमा अमिरुद्धिनले नै गोल गर्दै अग्रता दोब्बर पारे । मनाङका लागि बिमल बस्नेतले हेडमार्फत गोल गरेर अग्रता कम गरेपनि अमिरुद्धिनले नै ७४ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे र टिमलाई ३(१ को जित दिलाए ।

पराजित भएपनि मनाङको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ । समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २(० गोल अन्तरले हराएको थियो ।

सम्बन्धित समाचार