लोपोन्मुख हिमाली खरायो मृत भेटियो



१२ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ ।

लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए ।
खैरो रङ्गको यस प्रकारको खरायो केही वर्षअघि त्यस क्षेत्रमा एक जोडीको सङ्ख्यामा देखिएको स्थानीयवासीले बताएका थिए ।

हिमाली क्षेत्रमा पाइने यो खरायो विश्वमा लोपोन्मुख सूचीमा राखिएको छ । खैरो रङ्गको हिमाली खरायो भेटिएको सम्बन्धमा अध्ययन गर्ने जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित समाचार