मसला बगानमा वृद्ध मृत भेटिए



दमक, १२ फागुन । झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुधबार आफन्तको विवाहमा गएका प्रधान घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा आज बिहान घर नजिकै बाटोको छेउमा नालीमा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

प्रधानको शव बिहान साढे ५ बजेतिर स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवपरीक्षणका लागि लैजाने तयारी गरिएको र परीक्षणपछि मात्रै घटनाको विषयमा थाहा हुने इलाका प्रहरी कार्यालय दमकका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार