धरानमा वृहत पुष्प मेलाको आयोजना गरिने



धरान, १२ फागुन । पूर्वाञ्चलमै पहिलो पटक सुनसरीको धरानमा फागुन २३ देखि २५ गतेसम्म पुष्प प्रदर्शनी मेला हुने भएको छ । पुष्प तथा फलफूल कृषि व्यवसाय प्रवद्र्धन तदर्थ समितिले बुधबार धरानमा पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

पूर्वाञ्चल क्षेत्रमा पाइने बिभिन्न सैयौ प्रजातिको फूलहरूको बिशेषता , यसको शौन्दर्यता र उपयोगिताबारे बिशेष ज्ञान दिदै प्रदर्शनमा राखिने मेला आयोजक समितिका संयोजक खगेन्द्र पराजुलीले बताए । मेलामा फुलसंगै विभिन्न प्रकारका जडीबुटी तथा फलफूलसमेत प्रदर्शनमा राखिने बताइएको छ ।

मेलामा पुष्प तथा फलफूलका २५ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । मेला अवधिभर ५० लाख बराबरको कारोबार गर्ने आयोजकले जानकारी दिएको छ । पुष्प व्यवसायीबाट घर सजावटका साथै आम्दानी समेत गर्न सकिन्छ र कृषकलाई व्यवसायिक बनाउन समेत पुष्प मेला आयोजना गर्न लागिएको संयोजक पोख्रेलको भनाई छ ।

सम्बन्धित समाचार