लाससँग डिनरः यस्तो पनि सौख



‘डेथ बडी’ देख्दा तर्सनु र डराउनु सामन्य हो । तर, त्यसैसँग खाना खानुपर्‍यो भने ?

यो प्रसंग हो, बेलायतको । त्यहाँको एनाटोमी ल्याबमा लाससँग डिनर गराइन्छ । यद्यपी उक्त डिनर गर्नेको मुटु भने दह्रै हुनुपर्छ ।

एनाटोमी ल्याब लाइभमा कार्यरत स्याम पीरीले मानिसलाई भिन्न अनुभूति दिलाउनका लागि यस्तो डिनरको अफर गरेकी हुन् । यहाँ खानामा केहि परिकार मिल्नेछ । त्यसका साथै वाइनको पनि स्वाद लिन पनइनेछ । तर, कथामा त्यसबेला ट्विस्ट आउनेछ, जब तपाई शानदार डिनर लिइरहेको हुनुहुनेछ, अघिल्तिर लासलाई टुक्राइरहेको देखिनेछ ।

आफ्नै आँखा अघिल्तिर मृत्त शरीरलाई काटिरहेको हेर्दै डिनर गर्ने यो अनौठो शैली अहिले लोकप्रिय हुँदै गएको छ । यसको टिकट एडभान्समा बुकिङ भैरहेको छ । बताइहालौं, जुन मृत शरीर यहाँ काटेर टुक्रा टुक्रा परिन्छ, त्यो प्लाष्टिकले बनेको हुन्छ । तर, दुरुस्तै मान्छे जस्तै । र, त्यसभित्रको अंग(प्रत्यांग पनि मानव शरीरकै जस्तो हुन्छ ।

सम्बन्धित समाचार