मध्यरातमा निद्रा खुल्दा एकाएक करोडपति



भाग्य भए कहीँपनि जाँदैन भन्ने उखानै छ । कहिलेकाहीँ समय परिस्थिति यस्तो बनी आउँछन् की बसीबसी कोहीपनि मानिस करोडपति बन्दोरहेछ ।

अस्ट्रेलियाको मेलबर्नमा बस्ने एकजना मानिसलाई यस्तै फलिफाप भयो । बेलुकी सुत्दा सामान्य आर्थिक अवस्था रहेका ती मानिस जब आधा रातमा ब्युँझे उनी एकाएक करोडपति बनिसकेका थिए ।

ती मानिस क्षणभरमै झण्डै २२ करोडका मालिक बने । वास्तमा उनले दुईवटा चिट्ठा किनेका थिए । जब रातमा एक्कासी निद्रा खुलेर निद्रा नआएपछि समय कटाउन उनले टिभी खोलेका थिए टिभीमा चिट्ठाको नतिजा भनिरहेको थियो । अकस्मात् टिभीले भनेको विजेता चिट्ठा नम्बर आफ्नै चिट्ठा नम्बरसँग मिलेपछि ती व्यक्तिलाई सपनाजस्तो लाग्यो, पत्यार लागेन सुरुमा ।

उनको खुसीको कुनै ठेगाना रहेन । खुसीले नाच्न थाले । उनी क्षणभरमै १० लाख डलरका मालिक बनिसकेका थिए । उनको खुससी यत्तिमा मात्र सिमित रहेन । टेलिभिजनले अर्को चिट्ठाको पनि घोषणा गर्यो । भाग्य कस्तो भने अर्को चिट्ठा पनि उनलाई नै पर्यो र तत्कालै २० लाख डलरको मालिक बने ।

हामीकहाँ तपाइँ चिट्ठा परेर करोडपति बन्नुभयो भने के गर्नुहुन्छ रु भनेर सोध्ने हो भने धेरैको जवाफ रहन्छ की घर, गाडी किन्ने आदि आदि । तर यी व्यक्ति भने चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहन्छन् । एजेन्सी

सम्बन्धित समाचार