दपर्णले चर्चामा आउन बनाए कुकुरलाई चलचित्रको निर्माता



काठमाडौं – चलचित्रको चर्चाका लागि निर्माता निर्देशक अनेक हत्कण्डा अपनाउन पनि पछि पर्दैनन् । यसको जल्दो बल्दो उदारण यु–ट्युवमा रिलिज भएको ‘१४ फ्रेबु्रअरी’ नामको साइलेन्स शर्ट चलचत्रिलाई लिन सकिन्छ । तपाइलाई पत्यार नलाग्न पनि सक्छ । तर यो चलचित्रको निर्माता कुकुरलाई बनाइएको छ । एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबु्रअरी’ नामको साइलेन्स शर्ट चलचित्रको निर्माता ‘क्रिस्टल’ राखिएको छ ।

क्रिस्टल त्यहि कुकुरको नाम राखिन्छ । जसको रंग सेतो हुन्छ । भ्यालेनटाइन–डे लक्षित उक्त चलचित्रका प्रस्तुतकर्ता मोडल तथा गीतकार दर्पण राई हुन् । क्रिस्टल दर्पणकै घरमा पालिएको कुकुर पनि हो । दर्पण कलाकारिता क्षेत्रमा फरक काम गर्न चाहन्छन् । छोटो समयमै चर्चामा छाउने उनको अभिलासा देखिएको छ ।

आफ्नो घरमा माया गरेर पालेको भएकाले कुकुरको नाम क्रिस्टल राखेको र चलचित्रमा निर्माता पनि बनाएको दपर्णले बताए । दर्पणले आफ्नो शर्ट चलचित्रलाई विकास बोर्डमा समेत दर्ता गराएका छन् । ‘१४ फ्रेबु्रअरी’मा दर्पण र सम्झना राईले अभिनय गरेका छन् । प्रेम दिवशको दिन मायालु जोडीका लागि प्रस्तुत ‘१४ फ्रेबु्रअरी’मा युवा र युवती बीचको प्रेम देखाइएको छ ।

 

सम्बन्धित समाचार