सङ्खुवासभालाई पुर्ण खोप सुनिस्चीत जिल्ला घोषणा



सङ्खुवासभा, फागुन २१ । जिल्लालाई आज पुर्ण खोप सुनिस्चीत जिल्ला घोषणा गरिएको छ । जिल्ला विकास समितिको सभाहलमा घोषणासभाको आयोजना गरि पुर्ण खोप सुनिस्चीत जिल्ला घोषणा गरिएको हो ।

स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा आयोजित घोषणा सभामा ब्यवस्थापिका सांषद सदस्य बेदकुमारी शाक्य भण्डारी प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीको रुपमा बाल स्वास्थ्य महाशाखाका निर्देशक विकास लामिछाने रहनुभएको थियो ।

तस्विर सौजन्यः रेडियो संखुवासभा ।

सङ्खुवासभाको पाँच बर्ष मुनीका सम्पुर्ण वालवालिकाहरुलाई सम्पुर्ण खोप दिईसकेपछि जिल्लालाई पुर्ण खोप सुनिस्चीत जिल्ला घोषणा गरिएको हो । हालसम्म सङ्खुवासभा भित्रको ३ हजार ५ सय १४ वालबालीकाहरुलाई सम्पुर्ण खोपहरु दिईसकेको घोषणा सभामा बताईएको थियो । कार्यक्रमका सहभागी जिल्लावासीहरुले आगामी दिनमा पनि सम्पुर्ण वालवालिकाहरुलाई अनिवार्य खोप लगाउने सामुहिक प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको अवसरमा पुर्ण खोप अभियानमा सहयोग गर्ने महिला स्वास्थ स्वयंसेवीका, गाविस कार्यालय, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार