स्थानीय स्तरमा सञ्चारको अवस्था र प्रभावकारीता सम्बन्धी अन्तरकृया



गुराँस एफ एमले ‘स्थानीय स्तरमा सञ्चारको अवस्था र प्रभावकारीता’ विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सुचना तथा सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपालको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी शिवराज जोशिको विशिष्ट आतिथ्यतामामा आज जिल्ला स्वास्थ्य कार्यालयको तालिमहलमा अन्तरकृया कार्यक्रम सम्पनन गरेको हो ।

सङ्खुवासभा भित्रका सञ्चार संस्था, राजनैतिक दलका प्रतिनिधी, सरोकारवालाहरुको उपस्थीतीमा सम्पन्न भएको सो अन्तरकृया कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष एवं सञ्चारकर्मी डाक्टर मात्रिका प्रसाद तिम्सीनाले ईश्यु पत्र प्रस्तुत गर्नुभएको थियो ।

संखुवासभामा सञ्चारको सुरुवातीदेखि हालसम्मको अवस्थाको समग्र पक्षलाई समेटर तयार गरिएको ईश्युपत्र माथी विभिन्न ब्यक्तिहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सरोकारवालाहरुले राज्यले तय गरेको सञ्चार निति लगायतका विषयमा सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपालसँग जिज्ञासा राखेका थिए । खुल्ला छलफलबाट आएका जिज्ञासा तथा टिप्पणीहरुमाथी उपसचिव नेपालले प्रष्ट पार्नुभएको थियो ।

यो पनि पढ्नुहोस ।

http://emakaluonline.com/%E0%A4%AD%E0%A5%8B%E0%A4%9F%E0%A4%96%E0%A5%8B%E0%A4%B2%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A5%8B-%E0%A4%B9%E0%A4%BE/

सम्बन्धित समाचार