छुट्ने होइन जोड्ने कुरा गर्दै पुस्कल शर्मा र मुना मुना थापा (भिडियो सहित)



सुनसरी । पाल्पाको पाल्पादेवी नगर ६ बेसोर्घामा जन्मनु भएका नव सर्जक लेखु थापा मगर यति बेला ‘त्यो दिलसंग यो दिल गसौंला’ बोलको लोक दोहरी गीत लिएर बजारमा आउनु भएको छ ।

नेपाली साङगीतिक क्षेत्रमा एउटा चर्चित नाम हो पुस्कल शर्मा अनि विर्सनै नमिल्ने अर्को नाम हो मुना थापा मगर यी नै चर्चित गायक गायिकाको स्वरमा सजिएको ‘त्यो दिलसंग यो दिल गसौंला’ बोलको गीत सार्वजनिक भएको हो । नवज्योति भिजन नेपाल प्रा लि ले बजारमा ल्याएको ‘त्यो दिलसंग यो दिल गसौंला’ बोलको गीतमा पुस्कल र मुनाको स्वर सजियको छ ।

गीतमा चर्चित गीतकार रिजन राना मगरको लय तथा नवसर्जक लेखु थापा मगरको शब्द रहेको छ । भने गीतको म्जुजिक भिडियोमा नव नायक कृष्ण आले मगर र चर्चित अभिनेत्री अनिता बस्नेतले निकै मन छुने अभिनय गरेका छन । सुजन न्यौपानेले निर्देशन गरेको यस गीतको भिडियो नवज्योति भिजन नेपाल मार्फत बजारमा आएको हो ।

सम्बन्धित समाचार