हराएको बालकहरु अझै भटिएन



बाल संरक्षण गृहबाट हराएका दुई बालकहरु ।

सङ्खुवासभा । माट्स नेपालको संरक्षणमा रहेको बालकहरु हराएपछि खोजी कार्यमा सहयोग गर्न पत्रकारहरुसँग अनुरोध गरेको छ । केहि दिनदेखि हराईरहेको बालकहरु अझै फेला नपरेपछि बुधबार पत्रकार सम्मेलन गरि खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको हो ।

गत फागुन ६ गतेदेखि ११ बर्षिय बिक्रम तामाङ र ९ बर्षिय पुजन खड्का हराईरहेको तर हालसम्म फेला नपरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । बालकहरु हराएदेखि विभिन्न निकाय तथा सम्बन्धीत सवैमा सहयोगको लागि अनुरोध गरेपनि हालसम्म फेला पार्न नसकिएको बताईएको छ ।

माट्स नेपालको बाल संरक्षण गृहमा हराएका दुई बाहेक सात जना बालबालिकाहरु संरक्षणमा छन् ।

सम्बन्धित समाचार