युट्युबमा कसरी करोड ‘भ्युज’ पाए यी गीतले ?



कुन गीत कति चर्चित भयो ? नतिजाको लागि कुनै म्युजिकल कार्यक्रमको ‘काउन डाउन’ पर्खिरहनु पर्दैन । न त, गायकरसंगीतकारले ठोकुवा गरेकै कुरा पत्याउनु पर्नेछ । किनभने त्यसलाई नाप्ने गतिलो ब्यारोमिटर हो, युट्युब ।

अहिले कुन गीत कति चर्चित भयो भन्ने कुरा युट्युबमा देखिने त्यसको ‘भ्यूज’ले बताउँछ । त्यसका लागि गीत एवं भिडियो युट्युबमा उपलब्ध भने हुनुपर्छ । यस हिसाबले अहिले सर्बाधिक रुचाइएको गीतरभिडियो हो, सुर्के थैली खै ।

राजनराज शिवाकोटीले लेखेको, संगीत गरेको र उनैले गाएको गीत यो आलेख तयार गरिरहँदा एक करोड ७६ लाख, ४८ हजार तीन सय बढी पटक हेरिएको छ । सुर्के थैली, पटुकी, चौबन्दी, झुम्के रुमाल, ठेका, मदानी जस्ता मौलिक शब्दावलीको प्रयोग र ओइ सानी, रामसाइला जस्ता सम्बोधनले गीतलाई चोटिलो बनाएको छ । गीतमा स्वर घुमाउन खासै कसरत गर्नुपर्दैन, जसले गर्दा जो कोही यसलाई सजिलै गुनगुनाउन सक्छन् ।

फिल्म ‘वडा नम्बर ६’ मा समावेश गीतको दृश्यंकनले ग्रामिण परिवेशको झल्को दिन्छ । कुनै मेलापातको रमझम जस्तै पृष्टभूमीमा खिचिको गीत हेर्न र सुन्न उत्तिकै स्वाद आउँछ । गीतको भिडियो हिट हुनुमा अहिलेका चल्तापूर्जा हास्य कलाकारहरुको एकमुष्ठ नृत्य पनि एक हो । २०१५ अगस्ट ६ तारिख अपलोड गरेको भिडियो लोकप्रियताको दौडमा अग्रपंक्तिमा छ ।

सम्बन्धित समाचार