अरुण नदीमा डुवेर बालकको मृत्यु



चैत्र ३० गते, धनकुटा । अरुण नदीमा पौडी खेल्ने क्रममा मंगलवार धनकुटाको लेगुवाका एक बालकको डुवेर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवा स्थित अरुण नदीमा डुवेर स्थानीय १२ बर्षिय ईश्वर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपरान्ह साथीहरुसँग नदीमा पौडी खेल्न गएका उनी पौडी खेल्दै गर्दा डुवेर बेपत्ता भएका थिए । सँगै गएका साथीहरुले उनी बेपत्ता भएको खवर गरेपछि खोज्ने क्रममा अपरान्ह करिव ४ बजे नदीमा सव फेला परेको लेगुवा प्रहरी चौकीका हवल्दार जमबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

सम्बन्धित समाचार