निर्धारित मितिमा पुल निर्माण कार्य असम्भव




चैत्र ३० गते, सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका वडा नम्बर १ मा रहेको कुशुवा खोलाको मालबासे झोलुङ्गे पुल निर्माण कार्य तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ । जिल्ला विकास समितिको सहयोगमा आयोजनामा निर्माणाधिन झोलुङ्गे पुल चैत्र मसान्तसम्ममा निर्माण गरिसक्नु पर्नेमा असम्भव देखिएको हो ।

गत अषाढ १६ गतेबाट निर्माण कार्य सुरु गर्ने भनिएपनि पाँच महिनापछि कार्तिकबाट मात्र निर्माण कार्य सुरु गर्नु पर्दा तोकिएको मितिमा निर्माण कार्य सम्पन्न गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष युवहाङ लिम्बुले जानकारी दिए । पुल निर्माण स्थल सम्म पुग्ने सडक बर्षातको समयमा बिग्रिएको र सो को मर्मत पछि मात्र निर्माण सामग्री लैजान सकिएकोले ढिलाई भएको समेत अध्यक्ष लिम्बुले बताए । पुल निर्माण कार्य सम्पन्न गर्न अब एक महिना समय थपेर बैशाख मसान्त भित्र सम्पन्न गर्ने कार्ययोजना रहेको लिम्बुको भनाई छ । सो पुलबाट सविक स्याबुन गािवसको ४ र ५ वडाका एक हजार तीन सय नागरिकहरु लाभािम्वत हुनेछन् ।

गैह्र सरकारी संस्था सोडेकको प्राविधीक सहयोगमा तत्कालिन जिल्ला विकास समितिबाट २५ लाख ७२ हजार ३ सय ४० रुपैयाँ ३६ पैसा, ६६ हजार ९ सय ८५ रुपैयाँ १७ पैसा बराबरको जनश्रमदान, एसडिसी/टिबिएसयू बाट तीन लाख ९७ हजार चार सय ५५ रुपैयाँ ६४ पैसाको लगानीमा पुल सम्पन्न गर्न लागिएको हो ।

सम्बन्धित समाचार