पत्रकार महासंघ संखुवासभाले चियापान कार्यक्रम गर्ने



संखुावासभा । नयाँ बर्षको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सङ्खुवासभाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति सङ्खुवासभाको सभाहलमा भोली विहान ८ बजे कार्यक्रमको आयोजना गरेको गर्ने भएको हो ।

कार्यक्रममा जिल्ला भित्रका राजनितिक दल, कार्यालय प्रमुख, सञ्चारकर्मी, नागरिक अगुवा लगायतका प्रतिनिधीहरुको सहभागिता रहने जिल्ला शाखाका सभापती ईन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार