आगलागीबाट एक घर जलेर नष्ट



बैशाख १ गते, सङ्ख्वासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका ६ खोक्राङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउसो टेकबहादुर मगरको घर जलेर नष्ट भएको हो ।

घर बाहिर बस्तुलाई खोले पकाउने क्रममा घरको छानामा आगो सल्किएपछि आगलागी भएको हो । आगलागीबाट करिब १९ लाख २० हजार बरावरको धनमाल जलेर नष्ट भएको बाह्रविसे प्रहरी चौकीले जनाएको छ । घरमा आगलागी भएसँगै छिमेकी ईन्द्रबहादुर मगरको घरमा समेत आगो सल्कीएको तर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

आगलागीलाई नियन्त्रण गर्ने क्रममा स्थानीय चन्द्रबहादुर घाईते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भईरहेको स्थानीय मोहनमणी साप्कोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार