टिएम्जे मा आन्तरिक पर्यटकको धुईचो (फोटो फिचर सहित)




बैशाख २ गते । नयाँ बर्षको अवसरमा तीनजुरे मिल्के जलजले (टिएम्जे) क्षेत्रमा आन्तरिक पर्यटकको घुँईचो बढेको छ । लालिगुराँसको राजधानी मानिनै त्यस क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकहरुको संख्या अत्याधिक बढ्को हो ।

सङ्खुवासभा र तेह्रथुमको संगम स्थलमा पर्ने टिएम्जे क्षेत्रमा दुई जिल्लाहरु लगायत धनकुटा, सुनसरी, ईलाम, बिराटनगर, भोजपुर लगायतका क्षेत्रहरुबाट पर्यटकहरुको घुम्न आएका थिए । यस बर्ष एक सय भन्दा बढि साना गाडी, १८ वटा बस र सयौँ मोटरसाईकलबाट हजारौ आन्तरिक पर्यटकहरु घुम्न आएका थिए ।

त्यस क्षेत्रमा रहेको पाथीभरा मन्दिरमा भक्तजनहरुको उत्तिकै घुईचो बढेको थियो । पर्यटक तथा भक्तजनहरुको सुरक्षाको लागि प्रहरी तैनाथ गरिएको थियो भने, आवस्मीक सेवाको लागि तेह्रथुम र धनकुटाबाट नेपाली सेना खटाईएको थियो ।

तस्विरः गंगा विष्ट

सम्बन्धित समाचार