निर्वाचनको कारण रोकियो किमाथाङ्का नाका महोत्सव




बैशाख ४ गते, सङ्खुवासभा । नेपालकै एक मुख्य ब्यापारिक नाका किमाथांकामा गर्न लागिएको किमाथाङ्का नाका महोत्सव स्थगित गरिएको छ । यहि बैशाख ८, ९ र १० गते किमाथाङ्कामा गर्ने भनिएको महोत्सवको तयारी पुरा भएपनि स्थानीय तहको निर्वाचन नजिकिदै गएकोले महोत्सव स्थगित गरिएको हो ।

महोत्सवको मुल आयोजक समितिको संयोजक पेम्बा नावाको अध्यक्षतामा हिजो बसेको बैठकले अर्को मिति तय नगरेसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । महोत्सवको लागि श्रोत ब्यावस्थापन र प्रचारप्रसारलाई तिब्रता दिईएपनि अन्तिम चरणमा आएर स्थगित गर्नु परेको मुल आयोजक समितिका संयोजक पेम्बा नावाले जानकारी दिनुभयो ।

अब स्थानीय तहको निर्वाचन पछि अर्को मिति तय गरेर किमाथाङ्का नाका महोत्सव सम्पन्न गर्ने बताईएको छ ।

सम्बन्धित समाचार