सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



बैशाख ३ गते, सङ्खुवासभा । सङ्खुवासभाको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगको कार्ययोजना अनुसार आज चैनपुर बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

सङ्खुवासभाको लागि जिल्ला न्यायधिस दीपककुमार खरेललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ । प्रत्येक जिल्लामा जिल्ला न्यायधिसलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिईने सरकारी निती अनुसार उहाँले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी बहन गर्नुहुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाका सम्पुर्ण निर्वाचन अधिकृतहरुको नेतृत्व गर्ने बताईएको छ भने कुनै एक स्थानीय तहको निर्वाचन अधिकृतको जिम्मेवारी समेत बहन गर्ने छ । सङ्खुवासभाको हकमा भने मुख्य निर्वाचन अधिकृत दीपक कुमार खरेलले चैनपुर नगरपालिकाको निर्वाचन गराउने बताईएको छ ।

सङ्खुवासभाको दश स्थानीय तह मध्ये अन्य ९ वटामा बैशाख १२ गते भित्र निर्वाचन अधिकृतहरुले आफ्नो कार्यालय स्थापना गरिसक्नु पर्ने छ ।

सम्बन्धित समाचार