सवा नेपालको वार्षिक कार्यक्रम सम्पन्न




बैशाख ३ गते । सङ्खुवासभा । सार्क नेपाल विजनेश एसोसिएसन अफ होम बेस्ड वर्कर्स नेपाल, सवा नेपालको शाखा कार्यालयले आफ्नो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । सवा नेपालले सञ्चालन गरेको शिसु स्याहार केन्द्र एक बर्ष पुगेको अवसरमा खाँदबारी स्थीत हिमालय उच्च माविको कार्यक्रम हलमा कार्यक्रम सम्पन्न भएको हो ।

सङ्खुवासभा शाखा प्रमुख कृष्णकुमारी कुलुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति सङ्खुवासभाको स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यको प्रमुख अतिथी तथा सवा नेपाल केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख रोबिनमान अमात्यको विशिष्ट आतिथी रहनुभएको थियो ।

कार्यक्रममा सङ्खुवासभा शाखा प्रमुख कृष्णकुमारी कुलुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । राजनिैतिक दलका प्रतिनिधी, सरकारी तथा गैह्रसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सञ्चारकर्मी लगायतको उपस्थीतमा सम्पन्न भएको सो कार्यक्रमका बक्ताहरुले विभिन्न संघसंस्थाहरुसँग भावि दिनमा सहकार्य गरेर कार्यक्रमहरु अगाडी बढाउन अनुरोध गरेका छन् । सवा नेपाल मार्फत जिल्लामा महिला श्रमिकहरु आत्मनिर्भर हुँदै गएको प्रति पनि बक्ताहरुले खुसी ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार