सङ्खुवासभामा हावा हुरीले क्षति (भिडियो सहित)



हावाहुरीको कारण जिल्ला अस्पताल नजिकै भत्किएको घर । तस्विरः ईमकालु अनलाईन

सङ्खुवासभा, बैशाख ७ गते । बुधबार साँझ बर्षासँगै आएको हुरीले सङ्खुवासभाको विभिन्न ठाउँमा क्षति पुराएको छ । जिल्लामा ५० भन्दा बढि घरको छाना उडाएको छ भने टिन र काठ जस्ता बस्तुहरु उडाएर केहि मानिसहरु घाईते भएका छन् ।

खाँदबारी बजारमा केहि घरको छानो भत्काएको छ भने स्थानीय रेडियो गुराँस एफ एम रहेको भवनको सिसा फुटेको छ । नजिकै रहेको निर्माणधिन भवनबाट काठ उडाई ल्याएर सिसामा ठोकीदा सो क्षति भएको रेडियोका स्टेशन मेनेजर गंगा विष्टले जानकारी दिनुभयो ।

जिल्लामा के कति क्षति भए सो को यकिन बिवरण नआईपुगेको र सङ्कलनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो हावाहुरीको भिडियो हेरौँ ।

https://www.youtube.com/watch?v=PTb02n7Z63Y&feature=youtu.be

 

सम्बन्धित समाचार