पत्रकार महासंघ भोजपुरमा दुई समिति




भोजपुर, ७ वैशाख । नेपाल पत्रकार महासंघ भोजपुरमा श्यामकृष्ण दाहाल र चित्राङगत चौलागाई नेतृत्व भएको २ कार्यसमिति बनेको छ ।
मंगलबार सम्पन्न भएको अधिवेशनमा विवाद भएपछि दुई समिति बनेको हो । प्रेस चौतारी र प्रेस युनियन, प्रेस सेन्टर र संघिय प्रेस फोरमवीच विवाद बढेपछि प्रेस चौतारीले एकलौटी समिति बनाएको थियो ।

अधिवेशनबाट तीन संगठन बाहिरिएपछि चौतारीले एकलौटी गरेको होे । सहमतिको नाममा अन्य संगठनलाई वेवास्ता गरेको भन्दै अधिवेशन बाहिस्कार गरेका चौतारी बाहेकका अन्य संगठनले बुधबार चौलागाईको नेतृत्वमा अर्को समिति बनाएका हुन् ।

केन्द्रीय समितिले बैशाख ७ भित्र सबै जिल्ला अधिवेशन सक्न निर्देशन दिएपछि भोजपुरमा बुधबार अधिवेशन गरिएको होे । फागुन ७ गते चौतारी वाहेक अन्य संगठनको एलाइन्ससँग हार्ने देखेपछि चौतारीले विवाद बढाएको प्रेस सेन्टर भोजपुरका अध्यक्ष राजन समिपले बताउनुभयो ।

सम्बन्धित समाचार