बरुण नदिमा आएको बाढीले अरुण थुनिया, ताल फुट्ने सम्भावना



सङ्खुवासभा, बैशाख ८ गते । हिजो साँझदेखि बरुण नदिमा आएको बाढीले अरुण नदि थुनिएको छ । बरुण नदिबाट आएको लेदो सहितको पानीले हटियाको स्याक्सीला गोलामा ताल जमेको खबर छ ।

नदी थुनिएपछि कारण झण्डै २ किलोमिटरको ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएको छ । हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन हुन सकेको छैन ।

सीडीओ जोशीले भने, बरुण नदीमा ढुंगा माटोसहितको बाढी आएर अरुण नदीको बहाबलाई रोकेको छ ।’ सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तर पर्ने घटनास्थलमा विहान मात्र प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार अरुण नदीको बहाव रोकिँदा झण्डै २ किलोमिटरको ताल बनेको छ ।

ताल फुट्न सक्ने भएकोले त्यस क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउमा सार्ने काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्षेत्रमा प्रहरी र नेपाली सेनालाई पठाईएको समेत उहाँले जानकारी दिनुभएको छ ।

यसै विच, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र जिल्ला स्वस्थ्य कार्यालयका डाक्टरको टोली त्यस क्षेत्रमा जान तयारी भईरहेको छ । कुनै मानवीय क्षति भएको अवस्थामा वा दुर्घटनामा परेको घाईतेहरु भए तत्काल उपचार सेवा दिनको लागि राज्यमन्त्री सहित डाक्टरको टोली घटना स्थलमा जान लागेका हुन् ।

सम्बन्धित समाचार