अपडेटः लाङ्माले पोखरी फुटेपछि बरुण नदिमा बाढी



सङ्खुवासभा, बैशाख ९ गते । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको लाङ्माले पोखरी फुटेपछि बरुण नदीमा बाढी आएको खबर प्राप्त भएको छ । निरन्तर बर्षापछि गत बिहिबार साँझ सो पोखरी फुटेर बरुण नदीमा बाढी आएको त्यस क्षेत्रमा पुगेर आएकाहरुले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा जाने पर्यटकहरुको सामान ढुवानी गर्न पुगेका भरियाहरुले सो ताल फुटेको बताएको भोटखोलाका छोपाल शेर्पाले जानकारी दिएका छन् । भरियाहरुले फुटेको पोखरीको नजिकैबाट अवलोकन गरेर आएपछि सो जानकारी मिलेको शेर्पाले जानकारी दिनुभयो । पाँच हजार मिटरको उचाईमा रहेको सो पोखरीको अवस्था अवलोकन गर्न आफु पनि त्यस क्षेत्र तर्फ हिड्न लागेको ईमकालु अनलाइलनलाई जानकारी दिनुभयो ।

सो पोखरी फुटेर बरुण नदिमा बाढी आएपछि याङ्ले क्याम्प, ज्याक खर्क, तादोसा लगायतका बस्तीका नागरिकहरु विस्थापित बनेको शेर्पाले जानकारी दिनुभयो । बरुण खोला वारपार गर्ने पुलहरु बगाएपछि आवतजावतमा पनि समस्या बढेको छ । सो बाढीका कारण स्याक्सीला गोलामा अरुण नदि थुनिएको थियो । अरुण थनिएपछि बनेको ताल विस्तारै घट्दै गएकोले खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार