कुलुङ विद्यार्थी संघले स्थापना गरे स्वास्थ्य कोष




धनकुटा, बैशाख १० गते । कुलुङ विद्यार्थी संघ धनकुटाले कुलुङ स्वास्थ्य कोष स्थापना गरेको छ । विभिन्न दाताहरुबाट रकम सङ्कलन गरेर एक लाख रुपैयाँको स्वास्थ्य कोष स्थापना गरेको हो ।

संघले सनिवार एक कार्यक्रम आयोजना गरि स्वास्थ्य कोष उद्घाटन गरेको छ । कुलुङ संघका केन्द्रीय अध्यक्ष चन्द्रसिं लोवात्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि कोषको औपचारिक उद्घाटन गरेका छन् । रकम अभावको कारण उपचार गराउन नसकेकाहरुलाई थोरै भएपनि राहत उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य कोषको स्थापना गरिएको कोषका अध्यक्ष दीपेन्द्र कुलुङले जानकरी दिनुभयो । ‘हामीले पुरै उपचार गर्ने भनेका होईनौ, उपचारमा थोरै भएपनि सहयोग गरेर मनोबल बढाउन खोजेका हौँ’ अध्यक्ष कुलुङले भन्नुभयो । विभिन्न दाताहरुबाट प्राप्त रकमको ब्याजले उपचार रकम नभएकाहरुलाई सहयोग गर्ने स्वास्थ्य कोषका अध्यक्ष दीपेन्द्र कुलुङले जानकारी दिनुभयो ।

कोषको सुरुवातमा एक लाख रुपैयाँको कोष जम्म गरे पनि अबको एक बर्षमा पाँच लाख पुराउने लक्ष्य लिएको बताईएको छ । त्यसको लागि पनि ईच्छुक दाताहरुबाट रकम सङ्कलन गरिने जानकारी दिएका छन् । सो कोषलाई कुलुङ संघ धनकुटा र कुलुङ विद्यार्थी संघले संयुक्त रुपमा सञ्चालन गर्ने बताईएको छ ।

सम्बन्धित समाचार