अरुण नदिमा महिलाको शव भेटियो



सङ्खुवासभा, बैशाख १० गते । तुम्लिङटार स्थीत मनकामना मन्दिर नजिकै अरुण नदिमा एक महिलाको शव भेटिएको छ । नदिले बगाएर ल्याएको अवस्थामा आईतबार साँझ नदीको किनारमा अन्दाजी ४० बर्षको महिलाको शव भेटिएको हो ।

नदीको किनारमा स्थानीयले शव भेटेपछि प्रहरीलाई जानकारी गराई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

उक्त शव र घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख डिएस्पी गौतम कुमार केशीले जानकारी दिनुभयो । केहि दिन अघि बरुण नदिमा आएको बाढीले बगाएर ल्याएको वा अन्यत्रबाट नै ल्याएको हो पुष्टी हुन नसकेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार