संखुवासभाबाट धरान जाँदै गरेको बस दुर्घटना



धनकुटा । संखुवासभाको खाँदबारीबाट धरान तर्फ जाँदै गरेको बस धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना भएको छ ।

को १ ख ४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३४ जना घाईते भएको धनकुटा प्रहरीले जनाएको छ । सडकमा बस पल्टिएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार