रेडक्रस र विद्युत प्राधिकरणमा लागेको ताला खुल्यो




सङ्खुवासभा, बैशाख १४ गते । सङ्खुवासभाका विद्यार्थी संगठनहरुले हिजो रेडक्रस कार्यालय र विद्युत प्राधिकरणले लगाएको ताला आज खोलिएको छ । विद्यालयबाट फर्किने क्रममा रेडक्रसको निर्माणाधिन भवनमा करेन्ट लागेर घाईते भएपनि दुवै निकायले उपचारमा चासो नदिएको भन्दै लगाएको ताला सरोकारवाला विच सहमति पछि खुलेको हो ।

खाँदबारी स्थीत सुर्य आवासिय माविमा अध्ययनरत विद्यार्थी घाईते भएपछि उपचार खर्च तथा पालन पोषणको पुर्ण ग्यारेन्टी लगायतको माग राख्दै सुर्य आवासिय माविले संघर्ष समिति गठन गरेका थिए । सो संघर्ष समिति, विद्यार्थी संगठनहरु र रेडक्रस सोसाईटी विच तीनबुँदे सहमती गरि ताला खोलिएको हो । स्थानीय तहमा भए गरेको प्रगतिको बारेमा जानकार हुन विद्यार्थी संगठनहरु, संघर्ष समिति र परिवारका सदस्यहरु नियमित सम्पर्कमा रहने, रेडक्रस सोसाईटीको माथिल्लो निकायबाट आउने निर्णय ७ दिन भित्र विद्यार्थी सङ्गठनहरु, संघर्ष समिति र परिवारका सदस्यलाई जानकारी गराउनु पर्ने र आजैबाट क्याविनेट र सदनमा सांसद तथा मन्त्रीहरु मार्फत सहयोगको पहल गर्ने सहमती बनेको थियो ।

त्यस्तै, जिल्ला प्रसासन कार्यालयमा घटना र क्षतिपुर्तीको विषयमा प्रमुख जिल्ला अधिकारीले राजनितिक दलका प्रतिनीधीहरु सहित घटनाका सरोकारवालाहरुको उपस्थीतीमा बैठक बोलाउने सहमति गरिएको छ । प्रमुख जिल्ला अधिकारीले तत्काल बैठक बोलाई क्षतिपुर्तीको वातावरण तयार गर्ने सहमति भएको थियो ।

गत चैत्र २० गते विद्यालयबाट फर्कने क्रममा निर्माणधिन रेडक्रसको भवनमा पन्तलाई हाईटेन्सनको विद्युतबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते बनेका पन्तलाई उपचारको लागि भारत समेत लगिएपनि उपचार सम्भव नभएपछि दुवै हात काट्नु परेको सुर्य आवासिय माविले जनाएको छ । पन्तको काठ्माण्डौ स्थीत किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार