करेन्ट लगाएर माछा मार्ने क्रममा छ जना पक्राउ



सङ्खुवासभा, बैशाख १९ गते । जेनेरेटरबाट विद्युत निकाली करेन्ट लगाएर माछा मार्ने क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ६ जनालाई पक्राउ गरेको छ ।

जेनेरेटर प्रयोग गरि सभा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा खाँदबारी ८ का २० बर्षिय दीनेश न्यौपाने, चिचिला गाउँपालिका १ का १८ बर्षीय अनिश राई, मकवानपुर फाखेल घरभई सङ्खुवासभा बस्दै आएका २४ बर्षीय बीरबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै कैलाली घर घर भई सङ्खुवासभा बस्दै आएका २२ बर्षीय धर्मराज उपाध्यय, जुम्ला कालिकोटका २१ बर्षीय परेकबहादुर बढा र भोजपुर पौवा दुङ्माका २७ बर्षीय रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गरेको बा ७ च ४५ नम्बरको बलेरो गाडीमा जेनेरेटर, बेल्चा, हम्मर, रड, आरा, गैती, विजुलीका तारहरु सहितका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी गौतमकुमार केशीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जलचर संरक्षण ऐन २०१७ बमोजिम कारबाही गरिने र सोको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाई आवश्यक कारबाही थालिएको डिएस्पी केशीले बताउनुभयो ।

सम्बन्धित समाचार