जिल्ला अस्पताल सङ्खुवासभा पचास बेड हुनेभएपछि दिपावली (फोटो फिचर सहित)



सङ्खुवासभा । जिल्ला अस्पतालमा पचास बेडको सुविधा हुने भएपछि जिल्ला अस्पताल परिषरमा दिपावली गरिएको छ । सोमबारको मन्त्रीपरिषदको बैठकले पचास बेडको बनाउने निर्णय पारित गरेपछि स्थानीय र अस्पतालले दिपावली मनाएको हो ।

यस अघि जिल्ला अस्पताल खाँदबारीमा १५ बेडको सुविधा मात्र थियो । बेडको सुविधा नभएपछि स्वास्थ्यकर्मीहरुले बिरामीलाई भुई र बेञ्चमा राखेर उपचार गर्न बाध्य थिए । पचास बेडको सेवा दिने कार्यन्वयन भएपछि भने अस्पतालबाट बिरामीलाई राम्रो सुविधा दिनसकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बिनितकुमार झाले विश्वास ब्यक्त गर्नुभयो ।

जिल्ला अस्पतालसँगै वाना स्वास्थ्य चौकी र नुम स्वास्थ्य चौकीको पनि स्तर बृद्धि गरिएको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जानकारी दिनुभयो । दुवै स्वास्थ्य चौकीलाई स्तरबृद्धि गरि पन्ध्र बेड सहितको प्राथमिक स्वास्थ्य केन्द्र बनाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघिसम्म अहेवले दिदै गरेको स्वास्थ्य सेवा अव डाक्टरले दिनेछन् । त्यस्तै, ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको लागि पनि पन्ध्र बेडको स्वीकृतीका लागि प्रकृया अघि बढाईसकेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले पचास बेडको स्वीकृती पाएसँगै कार्यन्वय प्रकृया पनि अघि बढिसेको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बताउनुभयो । थप भएको बेड सञ्चालनको लागि भौतिक संरचाना निर्माण, उपकरणहरु थप्नुपर्ने, जनशक्ति ब्यावस्थापन लगायतका कामका प्रकृयाहरु अघि बढाईसकेको उहाँले जानकारी दिनुभयो । हाल अस्पताल रहेकै क्षेत्रमा भौतिक संरचना निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्न प्रकृया अघि बढाईसकिएको राज्यमन्त्री गुरुङले जानकारी दिनुभयो । ‘हालै एक करोड बराबरको उपकरण उपलब्ध गराईसकेको छ, अब केहि समयमा नै पाँच करोड मुल्य बराबरको उपकरणहरु अस्पतालमा पठाउन लागेका छौँ, राज्यमन्त्री गुरुङले भन्नुभयो ।

तस्विरः गंगा विष्ट

सम्बन्धित समाचार