भोजपुरमा गोली चलेको भन्ने हल्ला मात्रः डिएस्पी आचार्य




भोजपुर । भोजपुरमा एमाले कार्यकर्ता माथी गोली प्रहार भएको समाचार तथ्यहिन भएको बताउनुभएको छ । विभिन्न सञ्चार माध्ययमहरुमा आएको माआबादी कार्यकर्ताले एमाले कार्यकर्ता माथी गोली प्रहार गरेको समाचारको खण्डन गर्नुभएको हो ।

हेलौँछामा एकिन्द्र भुजेलको घरमा भरुवा बन्दुक लुकाईराखेको सुराकीको आधारमा हतियार सहित भुजेललाई पक्राउ गरेर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याएको विषयलाई बङ्ग्याएर स्थानीय पत्रकारहरुले समाचार बनाएको जिल्ला प्रहरी प्रमुख डिएस्पी काजीकुमार आचार्यले जानकारी दिनुभयो । ‘त्यहाँ कुनै बन्दुक पड्केको छैन, कसरी गोली प्रहार गरेको खबर आयो, मलाई पनि थाहा छैन’ डिएस्पी आचार्यले भन्नुभयो । जिल्लाका केहि पत्रकारहरुलाई संवेदनशिल समयमा तथ्यमा आधारीत समाचार मात्र सम्प्रेषण गर्न अनुरोध गरेको समेत बताउनुभयो ।

हतियारसहित पक्राउ परेका भुजेललाई खरखजना अन्तर्गत मुद्धा लगाउने तयारी भईरहेको डिएस्पी आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार