लामा नपढाएको निहुमा मकालुको चोक्टेमा हत्या



सङ्खुवासभा, बैशाख २९ गते । जिल्लाको मकालु गाउपाँलिका ५ चोक्टेमा ६५ बर्षीय रामबहादुर तामाङले ४९ बर्षिय पृथीबहादुर तामाङको हत्या गरेको छ । लामा पढाउनको लागि रामबहादुरले पृथीबहादुरलाई बोलाउन गएको तर पढाउन नमानेपछि खुकुरी प्रहार गरि हत्या गरेको हो ।

लामा पढाउनको लागि पृथीबहादुरलाई उनकै घरमा बोलाउन गएपनि आउन नमाने पछि दुवै तामाङ विच बिवाद सुरु भएको थियो । दुवै विच भनाभन भएपछि रामबहादुर आवेशमा आई साथमा रहेको खुकुरीले पृथीबहादुरको दुवै कोखमा प्रहार गरि घटना स्थलमा नै ज्यान गएको प्रहरीले जानकारी गराएको छ ।

घटनापछि रामबहादुर फरार थिए । फरार भएका तामाङलाई प्रहरीले खोजी गर्दा सवाङ भन्ने ठाउँबाट प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डिएस्पी गौतमकुमार केशीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार