भालुको आक्रमणबाट एक जना घाईते



भालुको आक्रमणबाट घाईते कुलुङ । तस्विर सौजन्यः गणेश कुलुङ

सङ्खुवासभा । शिलीचोङ गाउँपालिका १ शिसुवाखोलामा भालुको आक्रमणमा परि एक जना घाईते भएका छन् । शिसुवाखोलाको भालुखोप भन्ने जंगलमा २४ बर्षिय उत्तर कुलुङलाई भालुले आक्रमण गरि घाईते बनाएको हो ।

गोठमा रहेको बाख्रालाई भालुले लगेपछि खोज्ने क्रममा जंगलमा भालुले आक्रमण गरि घाईते बनाएको हो । केहि तल जंगलमा भालु देखेपछि भाग्ने क्रममा भालुले लखेटेर आक्रमण गरि घाईते बनाएको उत्तर कुलुङलाई उदृढ गर्दै स्थानीय गणेश कुलुङले जानकारी दिनुभयो । घाईते कुलुङको विशेष गरि खुट्टामा गहिरो चोट लागेको छ भने शरिरका अन्य भागहरुमा पनि चोट लागेको छ ।

घाईते भएका कुलुङलाई खाँदबारी अस्पतालमा उपचार भईरहेको छ । त्यस क्षेत्रमा बाघ, भालु लगायतका जंगली जनावरहरुको आतंक बढ्दै गएको स्थानीयले बताउदै आएका छन् ।

सम्बन्धित समाचार