वडा अध्यक्षका प्रस्तावित उमेद्वारको मृत्यू



सङ्खुवासभा, जेठ ३ गते । नेकपा एमालेको तर्फबाट सभापोखरी गाउँपालिका वडा नम्बर ४ का प्रस्तावित वडा अध्यक्षको मृत्यू भएको छ । सभापोखरी घर भई बाह्रविसे बजारमा बस्दै आउनुभएको ३२ बर्षिय रामकुमार राईको मंगलबार राती सुतेकै अवस्थामा मृत्यू भएको हो ।

राईलाई एमालेको तर्फबाट सभापोखरी गाउँपालिकाको ४ नम्बर वडाबाट उमेद्वार उठाउने तयारी गरिएको थियो । राई कुनै दिर्घ रोगी नभएपनि जेठ १ गते पखाला लागेको र सो को औषधी सेवन गरि स्वास्थ्य अवस्था सुधार भएको स्थानीयले बताएका छन् । मृत्तक राई युवा संघ सङ्खुवासभाका सदस्य तथा तथा नेकपा एमाले सभापोखरी गाउँपालिकाका ईञ्चार्ज समेत हुनुहुन्थ्यो ।

मृत्तकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।

सम्बन्धित समाचार