अरुण बाल क्लबको पुनर्गठन, अध्यक्षमा सुरक्षा पोख्रेल



संखुवासभा । जिल्ला सदरमुकाम स्थित खाँदबारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङको सामुदायिक बाल क्लब अरुण बाल क्लबको पुनर्गठन भएको छ । सुरक्षा पोख्रेलको अध्यक्षतामा ३२ सदस्यीय समिति निर्माण भएको हो ।

जिल्ला कै उत्कृष्ठ बाल क्लको रुपमा समेत सम्मानित भईसकेको बाल क्लबको दोस्रो कार्य समिति सोमबार विगठन भई तेस्रो कार्य समितिको गठन भएको हो ।

क्लबको उपाध्यक्ष, डेविन राई, सचिव किरण घिमिरे, सह सचिव साईशा शाक्य र कोषाध्यक्ष सविना पोख्रेल रहेका छन् । बाल क्लले विगतको दिनमा सामाजिक कार्यमा सकृय रुपमा कार्य गरिरहेको बाल क्लबको कार्य अवधि सकिएकोले पुनःर्गठन गरेको पूर्व अध्यक्ष तथा सल्लाहकार रक्षा घिमिरेले बताईन् ।

मेदिनी घिमिरेको संरक्षक र अभिभावक संरक्षकमा पङंकज शर्मालाई बाल क्लबले छनौट गरेको बाल क्लबका सल्लाहकार संयोजक शैलु चौहानले जानकारी दिईन् ।

सम्बन्धित समाचार