ट्याक्टर दुर्घटनामा परि पाँच जना घाईते



सङ्खुवासभा । बिहिबार दिउसो चैनपुरबाट सभाखोला झर्ने क्रममा ट्याक्टर दुर्घटनामा परि पाँच जना घाईते भएका छ । बालुवा लिन आउने क्रममा ना ५ त ७१५५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पर्नेहरुमा ट्याक्टर चालक स्याबुनका १९ वर्षका मोहन सुवेदी, जलजलाका १७ वर्षका सुमन न्यौपाने, पाँचखपनका १६ वर्षका अर्जुन न्यौपाने र २२ वर्षका रामकुमार तामाङ्ग र चैनपुरका २३ बर्षिय बसन्त अधिकारी रहेका छन् । घाईतेहरुलाई थप उपचारका लागि धरान स्थीत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

चैनपुरका वसन्त अधिकारीलाई भने तुम्लिङटार स्थीत मनकामना हस्पिटलमा उपचार गरिरहेको प्रहरी निरिक्षक अर्जून पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार