अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम



अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रमका एक सहभागी । फोटोः खेवाहाङ मेवाहाङ

सङ्खुवासभा । जेष्ठ नागरिक समाज संखुवासभाको आयोजनामा विद्यार्थीहरुबीच अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन सुरु भएको छ । महिला तथा बालबालिका कार्यालय सङ्खुवासभाको सहयोग तथा संयोजनमा कार्यक्रम सुरु भएको हो । जिल्लाको खाँदबारी नगरपालिकाको वडा नं. ४ सेकाहाको कालिका मा.वि. मा जेठ ३० गते र असार १ गते जालपा मा.वि. चेवामा कार्यक्रम सम्पन्न भई सकेको जेष्ठ नागरिक समाज सखुवासभाका कोषाध्यक्ष योगराज खड्काले जानकारी दिए ।

पुराना कुला, सँस्कार सँस्कृति र पराम्परा र पुराना अनुभवबाट नयाँ पुस्तामा नयाँ आयम थप्ने आशाले यो कार्यक्रम सुरु गरेको समाजका आजिवन सदस्य अयोध्य दाहालले बताए । उनका अनुसार यो कार्यक्रम सबैको लाभदायक हुने छ ।

कार्यक्रममा कार्यक्रम स्थल नजिकका जेष्ठ नागरिकहरुले ४० रुपियाँमा १० धार्नीको खसी खाएको, २ रुपियाँ तिरेर खोला तरेको, ९ बर्षकै उमेरमा विहे गरेको अनि त्यो बेला गाउँका मुखिया अनि ऋण महाजनको पिरालो व्योहोरेको मात्र नभई एकान्त वा जंगालमा भाका बस्न गएको, हाक्पारे र पालम गाएको जस्ता पुराना कुराबाट विद्यार्थीहरुमा राम्रो सञ्चार गरेको सहभागीहरुले बताएका छन् ।

आयोजकका अनुसार यो कार्यक्रम दुई ठाउँमा सकिएको छ भने अव खाँदबारीको सुर्य बोर्डिङ स्कुलमा असार ४ र चन्दनपुरको जनता माध्यमिक विद्यालयमा असार ६ गते कार्यक्रम हुनेछ ।

सम्बन्धित समाचार