एमाले उम्मेदवारको प्रतिवद्धताः पाँच वर्षभित्र विराटनगरलाई मेघा सिटी बनाउँछु



५ विराटनगर, असार । विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकालले महत्वकाक्षी योजनासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

एमाले उम्मोदवार ढकालले पाँच वर्षभित्र विराटनगरलाई मेघा सिटी बनाउनेदेखि प्रदेश नम्वर १ को राजधानी वनाउने र महानगरबासीको घरको खरको छानोलाई विस्तापित गरी जस्ताको छानो हाल्ने योजना अघि सारेका छन् ।

सोमबार एमाले विराटनगर महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोलिटव्युरो सदस्य लालावावु पण्डित लगायतले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । एमालेको प्रतिवद्धतापत्रमा पाँच वर्षभित्र विराटनगरलाई मेघा सिटी र दश वर्षभित्र देशकै नमुनाका रुपमा समृद्ध सिटी वनाउने दाबी छ ।

विराटनगरलाई चीन र भारतको पारवहनको केन्द्र वनाउने एजेण्डालाई महत्व दिइएको छ । स्वच्छ, सफा, नमुना नगर निर्माण गरी आन्तरिक र बाहृय पर्यटनको गन्तव्य बनाउने लक्ष्य पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।

एमाले उम्मेदवार ढकालले आर्थिक क्षेत्रको उद्गम थलो विराटनगर भएको भन्दै औद्योगिक नगरी वनाउन पहल गर्ने वताए । उनले अन्य नगरसँग सहकार्यमा एकीकृत फाहोर व्यवस्थापन गर्ने, विराटनगरलाई व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, लगायतका आफ्नो योजना पनि सुनाए ।

सम्बन्धित समाचार