सङ्खुवासभाको भोटखोला गाउँपालिकामा उमेद्वारको हत्या



सङ्खुवासभा, असार ५ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा माओवादी केन्द्रका उमेद्वारको ढुङ्गा प्रहार गरि हत्या गरिएको छ । छिमेकी छिमिक भोटेसँग बाटोको विषयमा बिवाद भएपछि आईतबार साँझ भोटखोला गाउँपालिका दुई नम्बर वडाका खुल्ला तर्फका सदस्य पदको उमेद्वार छिनाङ भोटेलाई ढुङ्गा प्रहार गरि हत्या गरिएको हो ।

ढुङ्गा प्रहार पछि गम्भिर घाईते बनेका भोटेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढुङ्गा प्रहार गर्ने छिमिकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने ज्यान गुमाउने छिनाङ् भोटेको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।

नेकपा माओवादी केन्द्र सङ्खुवासभाले सो घटनाको बारेमा विज्ञप्ती निकाल्दै घटना राजनितिक भएको बताएका छन् । मनोनयन दर्ता भईसकेको उमेद्वारको हत्या भएकोले भोटखोला गाउँपालिकाको मनोनयन दर्ता समय थप्नु पर्ने विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचार