सङ्खुवासभामा कांग्रेसका दुई दलित उमेद्वार निर्बिरोध विजयी



सङ्खुवासभा, असार ७ गते । सङ्खुवासभामा उमेद्वार दर्ताकै क्रममा दुई जना उमेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । शिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका दुई दलित महिला सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । दुवै उमेद्वारले नेपाली कांग्रेसबाट उमेद्वारी दिएका थिए ।

असार ४ गते उमेद्वार दर्ता गरेका शिलिचोङ गाउँपालिका वडा नम्बर एकका दलित महिला उमेद्वार सितादेवी विश्वकर्मा र भोटखोला गाउँपालिका वडा नम्बर पाँचका कमला विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । मंगलबार निर्वाचन कार्यालय सङ्खुवासभाले उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै दुई उमेद्वारहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

उक्त गाउँपालिकाका वडाहरुमा अन्य दलबाट कुनैले पनि उमेद्वारी नदिएपछि स्वतः निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख ऋषीकुमार दाहालले जानकारी दिनुभयो । अन्य तहका वडाहरुमा भने दलित उमेद्वारहरु विच पनि तिब्र प्रतिष्पर्धा हुने देखिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार