सङ्खुवासभामा ७० प्रतिशत मतदान



असार १४, सङ्खुवासभामा १० स्थानिय तहमा ७० दशमलब १९ प्रतिशत खसेको छ । ९६ हजार ६ सय ६३ मतदाता मध्ये ७० दशमलब १९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो– शान्तिुर्ण रुपमा मतदान सकियो, विकट भोटखोला गाउँपालीकामा समेत ७४ दमलब ३४ प्रतिशत मत खस्यो । उहाँका अनुसार सबै वडाहरु बाट मत पेटिका आउने क्रम सुरुभएको छ । विहान ७ बजे देखि बेलुका ५ बजे सम्म १ सय ३ मतदान स्थलमा १ सय ४७ मातदान केन्द्रबाट मतदान भएको थियो ।

जिल्लामा खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी गरी ५ नगरपालिका र भोटखोला, मकालु, चिचिला, सिलिचोङ र सभापोखरी गरी ५ गाउँपालिका छन् । भोटखोला गाउँपालिका–२ स्थित दुधपोखरी आधाभूत विद्यालय, थुदाम बाहेकका ८ वटा मतदान केन्द्रको मतपेटीका हटिया स्थीत निर्वाचन अधिकृतको कार्यलमा ल्याउने तयारी भएको निर्वाचन कार्यालयले जनाएकोछ ।

सम्बन्धित समाचार