सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी



सङ्खुवासभाको चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले बाजी मारेका छन् । अध्यक्षमा पासाङ नुर्वु शेर्पा विजयी बनेका छन् भने उपाध्यक्षमा यदुकुमारी राई विजयी बनेका छन् ।

एक हजार चार सय ६२ मत प्राप्त गरि विजयी बन्नुभएका शेर्पाको निकत्ततम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष गुरुङले सात सय १४ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेकपा माओवादीका रामबहादुर गुरुङले छ सय तीन मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्ष तर्फ विजेता बन्नुभएको यदुकुमारी राईले एक हजार तीन सय ७१ मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिद्वन्दी नेकपा एमालेका विष्णुमाया राईले नौ सय ४९ मत ल्याउनुभएको थियो । त्यस्तै माओवादी केन्द्रका सिम्रा राईले पाँच सय ७० मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित समाचार