पाँच खपन नगरपालिकाको मत गणना स्थगित, ५ बज्दासम्म अन्योल



सङ्खुवासभाको पाँचखपन नगरपालिका ६ मा अन्तिम नतिजा आउदा वाडा अध्यक्षमा १ मतले फरक परेपछि विवाद चुलिएको थियो र बिहान ९ बजेदेखि स्थगित भएको मतगणना कार्य ५ बज्दासम्म अन्योलमा रहेको छ । मतगणना पुनः दोहोर्याउन जनताले माग राख्दै नाराबाजी गरेपछी निर्वाचन अधिकृतद्वारा स्थिति नियन्त्रण गर्न बल प्रयोग गर्ने भनेपछि विवाद झनै चुलिएको हो ।

पाँचखपन नगरपालिका १ देखि ५ सम्म मतगणना गर्दाको परिणाम
नेपाली काङ्ग्रेस
मेयर २०६८
उपमेयर १८०२

एमाले
मेयर १८८०
उपमेयर १९५९

नगरपालिका १,३ र ४ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी भएको छ ।
नगरपालिका २ मा नेपाली काङ्ग्रेसबाट वाडा अध्यक्षमा विजय, बाकी ४ जना सदस्य एमालेबाट निर्वाचित भएको छ ।

सम्बन्धित समाचार