सङ्खुवासभामा पाँचखपन नगरपालिकाको मत गणना स्थगित



सङ्खुवासभा, असार १६ गते । सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ मा मत गणनाको क्रममा बिवाद बढेपछि गणनाको क्रम रोकिएको छ । शुक्रबार विहानै सुरु भएको बिवादका कारण निर्वाचन कार्यालय पाँचखपन नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरि सनिवार बिहान ७ बजेसम्मको लागि मत गणना स्थगित गरेको हो ।

वडा नम्बर ६ को मत गणना सकिएपछि अन्तिम परिणाम घोषणा गर्न लाग्दा नभएको मत नेकपा एमालेको पक्षमा राख्न खोजिएको भन्दै नेपाली कांग्रेसले विरोध गरेपछि बिवाद बढेको थियो । विहान ९ बजेबाट सुरु भएको सामान्य बिवादपछि पाँचखपन नगरपालिका स्थीत निर्वाचन अधिकृतले बलप्रयोग गर्नसक्ने धम्कि दिएपछि बिवाद चुलिएको हो । नेकपा एमाले पक्षले मत परिणाम सहि भएको बताएका छन् भने नेपाली कांग्रेस पक्षले निर्वाचन कार्यालय र एमाले मिलेर मत परिणाम टोडमोड गरेको आरोप लगाएका छन् । यस विषयमा नेपाली कांग्रेस पाँचखपन नगरपालिकाले विज्ञप्ती निकाल्दै पुनः मत गणना गर्नुपर्ने माग राखेका छन् ।

वडा नम्बर ६ को अन्तिम मत परिणाममा नेकपा एमालेको तीन सय ८२ मत हुनुपर्नेमा दश मत थपेर तीन सय ९३ घोषणा गर्न लागेको नेपाली कांग्रेसले बताएका छन् । नेपाली कांग्रेसले भने तीन सय ९३ मत प्राप्त गरेका थिए । सनिवार बिहान साढे सात बजेसम्म पनि राजनितिक दलहरुले बिवाद मिलाउनुपर्ने र त्यसो नभए स्थानीय तह निर्वाचन निर्देशीका २०७३ को दफा १६२ अनुसार मतगणना सुचारु गरिने बताएका छन् भने नेपाली कांग्रेसले सो कदम विरुद्ध जस्तोसुकै मुल्य चुकाउन पनि पछि पर्ने विज्ञप्ती मार्फत बताएका छन् ।

यसअघि पाँचखपन नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाहरुको गणना सकिसकेको छ । जस्मा १, ३ र ४ नेपाली कांग्रेसको प्यानलले जीतेका थिए भने ५ मा एमालेको प्यानलले जीतेको थियो । वडा नम्बर २ मा भने वडा अध्यक्षमा नेपाली कांग्रेसले जीतेको थियो भने अन्य ४ सदस्यहरु एमालले जीतेको थियो ।

सम्बन्धित समाचार