एमालेसँगको १० मत थपेर मतपरिणाम सार्वजनिक गरेको आरोप



पाँच खपन नगरपालिकामा एमालेसँगको मिलेमतोमा १० मत थपेर मत परिणाम सार्वजनिक गरेको आरोप लागेको छ । नेपाली काँग्रेस नगर समन्वय समिति पाँचखपन नगरपालिकाले प्रेश विज्ञप्ति निकाल्दै वडा नं. ६ को गणना हुँदै गर्दा नेपाली काँग्रेसको ३९२ र नेकपा एमालेका उम्मेरद्वारको मतसंख्या ३८३ पुगेको अवस्थामा १० मत थपेको बताईएको छ ।

निर्वाचन अधिकृतबाट जनता अपमानित र धाक धम्की दिने काम समेत गरेको आरोप लगाएको हो । त्यस्तै जनताको अभिमतको कदर गर्न, तत्काल पुनः मत गणना गर्न साथै निष्पक्ष छानविन गरी दोशिउपर कारवाहि गर्न माग समेत गरेको छ ।

पाँचखपन नगरपालिका वडा नं. ६ को अन्तिम नतिजा आउदा वडा अध्यक्षको मतमा फरक परेपछि विवाद चुलिएको थियो । बाहिरा परिणम कुरेर बसेका नागरिकहरुले
मतगणना पुनः दोहोर्याउन माग राख्दै नाराबाजी गरेपछी निर्वाचन अधिकृतद्वारा स्थिति नियन्त्रण गर्न बल प्रयोग गर्ने भनेपछि विवाद झनै चुलिएको थियो ।

बिहान ९ बजेदेखि स्थगित भएको मतगणना सुरु गर्न शनिवार विहान ७ बजेसम्ममा राजनितिक दलहरुले सहमतिमा आउन निर्वाचन अधिकृतको कार्यालयले सुझाएको छ ।

सम्बन्धित समाचार