बालबालिकाले आफ्नै पहलमा तयार पारे बाल गीति एल्बम




संखुवासभा । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभालले तयार पारेको बाल गीति एल्बम ‘पाइला सफलताको’ यही साउन १ गते सार्वजनिक हुने भएको छ । समितिका अध्यक्ष खेवाहाङ मेवाहाङका अनुसार साउने सङ्क्रान्तिको सन्दर्भ पार्दै एक समारोहको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरिएको हो ।बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले बाल गीति सङ्ग्रह तयार पारिएको बताइएको छ । यसले बालअधिकारको प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

यसरी जुटाइयो सहयोग

एल्बम तयार पार्नका लागि विभिन्न ठाउँमा रहेका दाताहरुले सहयोग गरेका थिए । उनीहरुबाट प्राप्त २ लाख ५० हजार रुपैयाँसहित ३ लाख ६०हजारको लगानीमा यो एल्बम तयार भएको हो ।देश तथा विदेशमा पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग सङ्कलन अभियान समेत सञ्चालन गरि रकम संकलन गरिएको थियो । गीतमा बालमैत्री स्थानीय शासन प्रबद्र्धनका लागि आम नागरिकले खेल्नु पर्ने भूमिकाको बारेमा चर्चा गरिएको सदस्य शैलु चौहानेले बताइन् । बालक्लबमा आबद्ध बालबालिकाले आफ्नै पहलमा बाल गीति एल्बम निकालेको यो मुलुकमै पहिलो पटक भएको दाबी गरिएको छ ।


यी हुन् बाल गायक–गायिका

काठमाण्डौको अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतहरुमा १२ वर्षीय किञ्जन अधिकारी, १३ वर्षीय सुजिता पोख्रेल, ११ वर्षीय उत्तरकुमार तामाङ, १२ वर्षीय नविनशंकर र १५ वर्षीय नवराज कुलुङले स्वर दिएका छन् । गीतमा दीपनकुमार श्रेष्ठ, सुजन अधिकारी, मेदिनी घिमिरे, सुरेन्द्र महत र नविन दाहालको शब्द छ भने गोपाल सरगम राई, सुरेन्द्र महत, सुरेन्द्र पुलामी र भिषण मुकारुङको संगीत छ ।

कसरी हुँदैछ विमोचन

बालमैत्री वातावरण सृजना गर्ने हाम्रो चाहना अनरुप बालबालिकाको गीती प्रतिभा प्रस्फुटन गरि अर्थपुर्ण सहभागीताका साथ गीत मार्फत सबैमा पुर्याई जनचेतना फैलाउने र बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हाम्रो अठोटका साथ जिल्लामा रहेका बालबालिकाको गायन तथा बाध्य बादन अनि साहित्य क्षेत्रमा विकास गरि यहाँका बालबालिकाको अधिकार र पिडाको विषयलाई गीत संगीत तथा साहित्यका माध्यमद्वारा अगाडी बढाउने प्रयत्न लिई बालगीति सङ्ग्रह पाइला सफलताको निर्माणको अन्तिम चरणमा पुगी लोकार्पण कार्यक्रम यहि साउन १ गते खाँदबारी स्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम हुने छ । केन्द्रिय तथा क्षेत्रीय बालअधिकार कर्मी तथ ाबालबालिका क्षेत्रमा कार्य गर्ने व्यक्तिको गरिमामय उपस्थितीमा बालबालिका क्षेत्रमा संखुवासभालीहरु र आम नेपालीहरुमा जानकार हुने गरि बालअधिकार तथा बालप्रतिभालाई प्रस्फुटन गर्ने कार्यक्रम हुने बताईएको छ । एसियन गर्ल हुम्यान राइट्स अवार्ड जित्न सफल, बालक्लबकबाट नै सहभागी भई ग्लोकल टिन हिरो २०१५ की विजेता, राष्ट्रिय बालक्लब सञ्जाल नेपालका कोषाध्यक्ष, राष्ट्रिय बाल मैत्री स्थानीय शासन मञ्चकी सदस्य तथा नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवल, नवलपरासीलाई बालमैत्री नगरपालिका बनाउने हाल बर्ष १७ कि बालिका विपना शर्माको विशेष उपस्थिीतिमा कार्यक्रमहुने छ ।  कार्यक्रममा राष्ट्रिय तथा स्थानीयकलाकारहरु, विभिन्न जिल्लाका बाल क्लब सञ्जाल तथा बालक्लबका सदस्यहरु क्षेत्रीय बालक्लब सञ्जालका पदाधिकारीहरु तथा सरकारी तथा गैह्र सरकारी संस्थाहरुका प्रतिनिधीहरु र बालअधिकारकर्मीहरुको बाक्लो उपस्थिीतिमा कार्यक्रम हुने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार