सङ्खुवासभाले बाल क्लबहरुमा नयाँ ईतिहाँस कायम



बाल गीति एल्बमको लोकार्पण गर्दै प्रमुख अतिथि विपना शर्मा, प्रजिअ शिवराज जोेशी, स्थानीय विकास अधिकारी लगायत बाल अधिकारर्मीहरु

सङ्खुवासभा । बाल गायन प्रतिभा उजागर तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि बालबालबालिकाकै नेतृत्वमा नेपालमा नै पहिलोे प्रस्तुतिको रुपमा जिल्ला बाल क्लब समन्वय समिति संखुवासभालले बाल गीति एल्बम ‘पाइला सफलताको’ बजारमा ल्याएको छ । नेपालमा बाल क्लबहरुले आफ्नै पहल र प्रयत्नबाट बाल गीतको एल्बम् निर्माण गरेर नयाँ ईतिहाँस कायम गरेको छ ।

यसरी भयो लोकार्पण
बालमैत्री वातावरण सृजना गर्ने हाम्रो चाहना अनरुप बालबालिकाको गीती प्रतिभा प्रस्फुटन गरि अर्थपुर्ण सहभागीताका साथ गीत मार्फत सबैमा पुर्याई जनचेतना फैलाउने र बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हाम्रो अठोटका साथ जिल्लामा रहेका बालबालिकाको गायन तथा बाध्य बादन अनि साहित्य क्षेत्रमा विकास गरि यहाँका बालबालिकाको अधिकार र पिडाको विषयलाई गीत संगीत तथा साहित्यका माध्यमद्वारा अगाडी बढाउने प्रयत्न लिई बालगीति सङ्ग्रह पाइला सफलताको निर्माणको अन्तिम चरणमा पुगी लोकार्पण कार्यक्रम यहि साउन १ गते खाँदबारी स्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम हुने छ । केन्द्रिय तथा क्षेत्रीय बालअधिकार कर्मी तथ ाबालबालिका क्षेत्रमा कार्य गर्ने व्यक्तिको गरिमामय उपस्थितीमा बालबालिका क्षेत्रमा संखुवासभालीहरु र आम नेपालीहरुमा जानकार हुने गरि बालअधिकार तथा बालप्रतिभालाई प्रस्फुटन गर्ने कार्यक्रम हुने बताईएको छ । एसियन गर्ल हुम्यान राइट्स अवार्ड जित्न सफल, बालक्लबकबाट नै सहभागी भई ग्लोकल टिन हिरो २०१५ की विजेता, राष्ट्रिय बालक्लब सञ्जाल नेपालका कोषाध्यक्ष, राष्ट्रिय बाल मैत्री स्थानीय शासन मञ्चकी सदस्य तथा नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवल, नवलपरासीलाई बालमैत्री नगरपालिका बनाउने हाल बर्ष १७ कि बालिका विपना शर्माको विशेष उपस्थिीतिमा कार्यक्रम सम्पन्न भयो । प्रमखु जिल्ला अधिकारी शीवराज जोशी, स्थानीय विकास अधिकारी भोजराज घिमिरे, महिला विकास अधिकृत सुनिता सुवेदी, खाँदबारी नगरपालिकाका मेयर तथा उपमेयर, राष्ट्रिय तथा स्थानीयकलाकारहरु, विभिन्न जिल्लाका बाल क्लब सञ्जाल तथा बालक्लबका सदस्यहरु क्षेत्रीय बालक्लब सञ्जालका पदाधिकारीहरु तथा सरकारी तथा गैह्र सरकारी संस्थाहरुका प्रतिनिधीहरु र बालअधिकारकर्मीहरुको बाक्लो उपस्थिीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसरी जुटाइयो सहयोग

एल्बम तयार पार्नका लागि विभिन्न ठाउँमा रहेका दाताहरुले सहयोग गरेका थिए । उनीहरुबाट प्राप्त २ लाख ५० हजार रुपैयाँसहित ३ लाख ६०हजारको लगानीमा यो एल्बम तयार भएको हो ।देश तथा विदेशमा पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग सङ्कलन अभियान समेत सञ्चालन गरि रकम संकलन गरिएको थियो । गीतमा बालमैत्री स्थानीय शासन प्रबद्र्धनका लागि आम नागरिकले खेल्नु पर्ने भूमिकाको बारेमा चर्चा गरिएको सदस्य शैलु चौहानेले बताइन् । बालक्लबमा आबद्ध बालबालिकाले आफ्नै पहलमा बाल गीति एल्बम निकालेको यो मुलुकमै पहिलो पटक भएको दाबी गरिएको छ ।

यी हुन् बाल गायक–गायिका

काठमाण्डौ अनामनगर स्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गितहरुमा खाँदबारी निवासी १२ बर्षिया किञ्जनअधिकारी, खाँदबारी ११ निवासी १३ बर्षिय सुजितापोख्रेल, बाह्रविसे निवासी ११ बर्षिय उत्तर कुमार तामाङ, मत्स्यपोखरी निवासी १२ बर्षिय नविनशंकर र ताम्कु निवासी १५ बर्षि नवराज कुलुङद्धारा स्वरवद्ध भएका छन् ।
दीपनकुमार श्रेष्ठ, सुजन अधिकारी, मेदिनी घिमिरे, सुरेन्द्र महते, नविनदाहालको शब्द रहेका छन् भने गोपाल सरगम राई, सुरेन्द्र महते, सुरेन्द्र पुलामी, भिषण मुकारुङ लगायतको संगीत रहेको छ ।

सम्बन्धित समाचार