सङ्खुवासभामा जिल्ला सभाको पहिलो बैठक सम्पन्न



सङ्खुवासभाको जिल्ला सभाको पहिलो बैठक आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा जेष्ठ सदस्य चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्रीको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो ।

बैठकले ९ सदसिय जिल्ला समन्वय समति गठन गर्नको लागि जिल्ला निर्वाचन कार्यालयमा पठाउने निर्णय गरेको छ । जिल्ला सभाले समन्वय समितिमा जाने सदस्यहरुको नाम पठाएपछि निर्वाचन प्रकृया अगाडी बढाउने स्थानीय विकास अधिकारी भोजराज अधिकारीले जानकारी दिनुभयो ।

पाँच गाउँपालिका र पाँच नगरपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा नेपाली कांग्रेस र एमालेले प्रमुख पदमा पाँच÷पाँच स्थानमा जितेको छ भने उपाध्यक्षमा एमालेले ६ र कांग्रेसले चार स्थानमा जितेको छ । जिल्ला सभामा भने नेकपा एमालेको ११ सदस्य रहेका छन् त्यस्तै नेपाली कांग्रेसको ९ सदस्य मात्र रहेका छन् ।

सम्बन्धित समाचार